
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असहयोग भएको अवस्थामा उच्च स्तरीय राजनीतिक संयन्त्रलाई तत्काल खारेज गर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजिक एक कार्यक्रममा उनले संयन्त्रसँग आफू आशावादी रहे पनि सरकारलाई असहयोग भएको अवस्थामा खारेज हुने बताए । उनले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारलाई असहयोग गर्ने स्थिति बनेमा ततःक्षण संयन्त्र हटाउछौं । तर मलाई जहाँसम्म लाग्छ यसले सरकारलाई सहयोग गर्छ । प्रधानमन्त्रीको चाहनाअनुसार संयन्त्र बनाएको हो । कुनै पिन्जडा होइन ।’
अध्यक्ष ओली उच्च स्तरीय राजनीति संयन्त्रका संयोजक हुन् । यसमा सत्ता गठबन्धन दलका प्रमुखहरू सदस्य छन् ।