
पाँच प्रदेशमा आज मौसम बदली भइ वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
आज बिहानदेखि कर्णाली प्रदेशका जिल्लाहरुमा वर्षा भइरहेको छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र प्रदेश १ मा मौसम बदली भइ उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, भोलि (बिहीबार) प्रदेश नं १, मधेस र वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
शुक्रबार पनि प्रदेश नं १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहने महाशाखाले जनाएको छ ।