९ बैशाख २०८२, मंगलवार

माघ २३ मा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन

Ganesh Timilsina

राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमबारका लागि मिति तोकेका हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्देशनसमेत दिए ।

‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु । उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई निर्देशन गर्दछु,’ तिमिल्सिनाले भने ।

बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११:५९ मा बस्नेगरी बोलाइएको छ ।

    सम्बन्धित समाचार...