
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष (हिरासत) बाट ६ अभियुक्त फरार भएका छन् ।
आइतबार मध्यराति थुनुवा कक्षको पर्खाल भत्काएर उनीहरु फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए ।
उनकाअनुसार थुनुवा कक्षमा सात जना रहेकामा ६ जना भने फरार भएका हुन् ।
लागुऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह र हातहतियार मुद्दाका रोशन महतो र शंकर सिंह फरार रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको भवन पुरानो भएको र कमजोर पर्खाल भएका कारण त्यसलाई तोडेर उनीहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ ।