३० बैशाख २०८२, मंगलवार

वृद्धामाथि कुटपिट गरेको आरोपमा एक नेपाली नर्स पक्राउ अष्ट्रेलियामा

nepali nurse

अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन्। वृद्धामाथि कुटपिट गरेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन्।

एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ।

पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो। पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी वृद्धासमेत छिन्। पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ।

    सम्बन्धित समाचार...