
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।
दुबईबाट आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन भेटिएको जानकारी दिए ।
आठ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा बरामद गरिएको प्रवक्ता पाण्डेले बताए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यसअघि गत महिना १९ केजी सुनसहित दुई सुडानी पक्राउ परेका थिए ।