
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पहिलो विदेश भ्रमणका क्रममा आज श्रीलंका जाँदै छिन् ।
श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानी कोलम्बोमा आयोजना हुने विशेष समारोहमा उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा माघ २० गते मन्त्री पौड्यालले श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटवार्ता गर्ने छिन् ।
मन्त्री पौड्याल माघ २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।