८ बैशाख २०८२, सोमबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

arunkumar chaudhary

प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरीलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको कसुरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी सांसद निर्वाचित भएपछि उनको फैसला कार्यान्वयन नभएको सार्वजनिक भएको थियो । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदै छ ।

    सम्बन्धित समाचार...