
पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल वीरेन्द्र सैनिक अस्पताल भर्ना भएका छन् । ७५ वर्षीय कटवाल मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् ।
नियमित डायलासिस गराउँदै आएका कटवाल स्वास्थ्यमा जटिलता आएसँगै बुधबार छाउनीस्थित वीरेन्द्र सौनिक अस्पतालमा भर्ना भएका हुन् ।
सैनिक अस्पतालका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार अहिले कटवाल आईसीयूमा उपचाररत छन् । उनले कान्तिपुर टीभीसँग भने, ‘बुधबार नियमित डायलासिस गर्न आउँदा स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँ भर्ना हुनुभएको हो । अहिले आईसीयूमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त हुनुहुन्छ ।’