
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् । आगजनी गरेको अभियोगमा दोषी ठहर भएका चौधरीले जिल्ला अदालत कैलालीको फैसलाअनुसार आगामी साउन १९ गतेसम्म कारागार बस्नुपर्ने भएको छ ।
कैलालीको बलिया- ५, मोतीपुर निवासी महादेव बजगाईले २०६७ सालमा चौधरीविरुद्ध हालेको आगजनी सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले २०७० साल बैशाख ९ गते सजाय सुनाएको थियो । तर, उनी फरार रहादै आएका थिए ।
चौधरीलाई ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाा बिगो भराउने समेत जिल्ला अदालतको फैसला थियो ।
जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई आजदेखि आगामी साउन १९ गतेसम्म कारागारमा राख्नेगरी कैद पूर्जी दिएर जेल पठाएको छ ।
