
जबरजस्ती करणीको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग परेको निवेदन माथि आज सुनुवाइ हुने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार देखाएर महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ । दुई साताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर सर्तसहित छाडेको थियो ।