
अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठजना पक्राउ परेका छन ।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख रुपैयाँ चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहारका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
उनीहरुको साथबाट नौ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको शाहले जनाए । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।