
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन् ।
श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बु पुगेकी मन्त्री पौड्यालले गएराति प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेकी हुन् ।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।
हिजै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भइन् ।
परराष्ट्रमन्त्री पौड्याल आज बिहान सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन् ।
उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।