
सरकारलाई सघाउन भन्दै बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको निर्वाचन र उम्मेदवार चयन प्रक्रियामा अविश्वास बढ्दै जाँदा आज संयन्त्रको बैठक बोलाइएको हो ।
बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि रिक्त मन्त्रालयबारे छलफल हुनेछ।
अहिले पाँचवटा मन्त्रालय रिक्त छन् ।
दुई नेताबीच बुधबार भएको छलफलमा आज संयन्त्रको बैठक बस्ने सहमति भएको थियो ।
यसअघि गठबन्धन सम्बद्ध अन्य दलले संयन्त्रको बैठक राख्न आग्रह गरे पनि प्रधानमन्त्री दाहालले इच्छा देखाएका थिएनन्।
समसामयिक विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।