
सोलुखुम्बुमा आफ्नै बाबुको हत्या आरोपमा १ जना पक्राउ परेका छन ।
१९ वर्षीय कुबेर कुलुङले बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए ।
ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।