८ बैशाख २०८२, सोमबार

जेष्ठ नागरिकलाई प्रदेश सांसद लावतीकाे मासिक पारिश्रमिक

Maiya Shresth

प्रदेश १ की प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठ लावतीले पहिलो महिनाको आफ्नो पारिश्रमिक र सुविधा रकम सहयोग गरेकी छिन ।

फिदिम–२ मा सञ्चालित ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकको भरण पोषणका लागि पहिलो महिनाको पारिश्रमिक दान गरेकी हुन ।

सांसद लावतीले प्रदेश सभा सदस्यलाई सरकारले उपलब्ध गराउने सुविधाबापत प्राप्त रकमबाट सो स्थानमा आश्रित १५ जना ज्येष्ठ नागरिकका लागि उक्त पारिश्रमिक सहयोग गरेकी हुन । साथै, सो आश्रममा रहेका ज्येष्ठ नागरिकलाई सांसद लावतीले दैनिक उपभोग्य वस्तु र लत्ताकपडा पनि सहयोग गरेकी छिन, जसअनुसार ४ सय किलो चामल, नुन, दाल र तेलसँगै स्वेटर, ट्राउजर र ट्र्याक सुट जस्ता दैनिक उपभोग्य सामग्री प्रदान गरेकी हुन ।

उक्त आश्रम सिद्वपोखरी सेवा सदन फिदिमले सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार...