
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा आज अपराह्नतिर हावाहुरी लाग्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
भोलि (सोमबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।
मंगलबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।