
नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। शुक्रवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो।
आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५९ पैसा पाइन्छ। शुक्रवार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५९ पैसामा खरिदबिक्री भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा तोकिएको छ।
त्यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ २३ पैसा र बिक्रीमा ९१ रुपैयाँ ६४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ ४० पैसा र बिक्रीमा ३० रुपैयाँ ५४ पैसा तोकिएको छ ।
यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५० रुपैयाँ ९९ पैसा तोकिएको छ।