१६ बैशाख २०८२, मंगलवार

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली, हिमपात र वर्षा नहुने

weather aajko mausam

आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने छ । बाँकी भू-भागमा भने सामान्यत: सफा रहने छ ।

अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ।

तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ ।

हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।

राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...