९ बैशाख २०८२, मंगलवार

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

Dahal Oli 1

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच आसन्न राष्ट्रपति निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोत बतायो ।

पछिल्लो समय प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच निरन्तर भेट हुँदै आएको छ । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएसँगै दुई नेताबीचको भेटवार्ता बाक्लिएको छ ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिन सक्ने भन्दै एमाले सशंकित बनेको छ । कांग्रेसले पनि माओवादीसँग सकारात्मक छलफल भएको दाबी गरेको छ।

दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन नमान्दा किनारामा पुगेको कांग्रेसले माओवादीकै सहयोगमा राष्ट्रपति पद पाउन भगिरथ प्रयास गरिरहेको छ । माओवादीसँग निरन्तर छलफलमा रहेको कांग्रेसले वार्ता सकारात्मक ढंगले अगाडि बढेको बताएको छ ।

वार्ता समितिमा रहेका नेपाली कांग्रेस नेताहरु माओवादीसँग राष्ट्रपतिमा सहमति भइसकेको दाबी गरिरहेका छन् । तर नेकपा एमालेले भने त्यो परिस्थिति निर्माण नहुने र पुस १० गतेको सहमतिअनुसार गठबन्धन अगाडि बढ्ने बताइरहेका छन् ।

    सम्बन्धित समाचार...