
आंशिकदेखि सामान्य बदली भइ आज प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी क्षेत्रमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। यस्तै, प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात पनि हुनेछ ।
राति भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा छ।
भोलि (बिहीबार) प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।