
बाजुरामा बुधबार दिउँसो ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।
गत माघ १० गते भूकम्प गएको ठिक एक महिनामा अर्को भूकम्प गएको हो ।
बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
माघ १० गते मंगलबार दिउँसो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम लगायतका पूर्वी जिल्लामासमेत भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लामा भूकम्प आएपछि होहल्ला र कोलाहल मच्चिएको छ । भूकम्प आएको थाहा पाएपछि स्थानीय घर बाहिर निस्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितको व्यवस्था हुन नपाउँदै फेरि भूकम्प गएपछि पिडित झन् चिन्तित बनेका छन् ।
माघ १० गतेको भूकम्पका कारण एक जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ घरहरुमा क्षति पुगेको थियो ।