
पछिल्ला पाँच कारोबार दिनमा निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचकमा आज सुधार देखिएको छ ।
बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर नेप्से परिसूचक २०८०.३८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ ।
बुधबार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकमसमेत बढेको हो ।
नेप्सेका १३ उपसमूहमध्ये बुधवार ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक ३.८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ । यता लघुवित्त उपसमूहको परिसूचकको १.३८ प्रतिशत घटेको छ ।