८ बैशाख २०८२, सोमबार

८ दल सहभागी भए बालुवाटार बैठकमा

baluwatar

प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलहरुको बैठकमा राष्ट्रिय जनमोर्चा पार्टीसमेत सहभागी भएको छ ।

यससँगै बैठकमा ८ दल सहभागी भएका हुन् ।

केहीबेर अघि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी भएका हुन् । त्यसअघि लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी थपिएका थिए ।

राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीसहित चार दलका नेताहरु बैठकमा जुटेका हुन् ।

चार दलका नेताहरुको बैठकमा जनमोर्चाका अध्यक्ष केसी, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठसमेत सहभागी बनेपछि ८ दलको संयुक्त बैठक बसिरहेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । त्यसअघि बिहान बालुवाटारमै चार दलका नेताहरुबीच छलफल चलेको थियो ।

    सम्बन्धित समाचार...