८ बैशाख २०८२, सोमबार

आठ दलमा सहमत कांग्रेसलाई राष्ट्रपति दिन

baluwatar

बालुटारमा बसेको आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चाका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद सांसद प्रकाश ज्वालाले जानकारी दिए ।

को उम्मेदवार ? हुन्छ भन्ने विषयमा कांग्रेसले निर्णय लिने उनको भनाई छ । राष्ट्रपतिको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

यो सहमतिसँगै पुस १० गते बनेको संत्तारुढ गठबन्धन ६२ दिनमै भत्किने भएको छ । 

८ दल सहभागी भए बालुवाटार बैठकमा

राष्ट्रपतिमा रामचन्द्र पौडेल ढुक्क, प्रधानमन्त्री प्रचण्डले पनि वचन दिइसकेको खुलासा !