९ बैशाख २०८२, मंगलवार

गोकुल बाँस्कोटाको टिप्पणी – एमाले निराश हुनुपर्ने कारण छैन्, प्रचण्डसँग छेपारो हार्छ

gokul baskota
फाइल फोटो

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमाले अहिले निराश हुनुपर्ने कारण नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको गठबन्धन तोडेर कांग्रेसलगायतका विभिन्न ८ दलको नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि बाँस्कोटाको यस्तो टिप्पणी आएको हो ।

उनले रंग फेर्ने प्रतियोगिता भए प्रचण्डसँग छेपारो पनि हार्ने भनेर आफूले उहिल्यै भनेको भनेर स्मरण पनि गराएका छन् । उनले अब सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भएको दाबी गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्-“उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।”

    सम्बन्धित समाचार...