१३ बैशाख २०८२, शनिबार

आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउदै एमाले र राप्रपा !

kp oli rajendra

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते बालकोटमा भएको सहमति तोडेर कांग्रेससहितको ८ दलीय गठबन्धन रोजेपछि सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने संकेत गरेका छन् ।

सरकारमा रहने कि बस्ने भन्नेबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले धुम्बाराहीमा आकस्मिक बैठक बोलाएको छ । शुक्रबार मात्रै राष्ट्रपतिको चुनावबारे छलफल गर्न राप्रपाको बैठक बसेको थियो । शनिबार बिहानै अध्यक्ष लिङदेनले आकस्मिक बैठक बोलाएर सरकारबाट बाहिरिने संकेत गरेका हुन् ।

सरकार छाड्ने, नछाड्ने विषयमा बैठकले टुंगो लगाउने राप्रपा नेता मोहन श्रेष्ठले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।

सत्ता साझेदारको ठूलो दल नेकपा एमालेले ९ बजे पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्नुका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्ने नेताहरूले बताएका छन् ।

एमाले बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने उपमहासचिव विष्णु रिमालले बताए ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा लगायतका ८ दल राष्ट्रपतिमा कांग्रेसलाई सघाउन तयार भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ । नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी एकातर्फ उभिएका छन् भने अन्य ८ दलको नयाँ समीकरण बनेको छ ।

    सम्बन्धित समाचार...