८ बैशाख २०८२, सोमबार

बागमतीमा पनि बाहिरियो राप्रपा

bagmat

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाग्मती प्रदेश सरकारमा सहभागी ३ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्कटेलसमक्ष राप्रपा ३ जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

राप्रपाबाट खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनेका संसदिय दलका नेता उद्वव थापा, वन तथा वातावरण मन्त्री राजु बिष्ट र उद्योग, पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

राजीनामा दिनु अघि राप्रपा संसदीय दलका नेता उद्वव थापाले प्रदेशसभा बैठकमा सरकारबाट बिहिरिने घोषणा गरेका थिए । शनिबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारबाट बाहिरिने घोषणा गरेका हुन् । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।

    सम्बन्धित समाचार...