
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा आज अपराह्नतिर हावाहुरी चल्ने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हावाहुरीको सम्भावना रहेको जनाएको हो ।
आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।
भोलि (सोमबार) मौसम बदली भइ कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।