
काभ्रेपलाञ्चोकको नमोबुद्ध नजिक केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काभ्रेको साथै काठमाडौंसहित आसपासका जिल्लामा महसुस भएको छ ।
यसअघि फागुन १७ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।