१३ बैशाख २०८२, शनिबार

बालुवाटारबाट प्रकाशित वक्तव्यमा सरकारसँग प्रधानमन्त्रीकै ‘जोडदार माग’

all moist

प्रधानमन्त्री भनेको मुलुकको कार्यकारी प्रमुख हो । आमनागरिकले कुनै माग गर्नुपर्यो भने प्रधानमन्त्रीलाई नै केन्द्रमा राख्छन् र आफ्ना मागहरु प्रस्तुत गर्छन् ।

पहुँच हुनेहरु माग लिएर बालुवाटार वा सिंहदरबार पुग्छन् र प्रधानमन्त्रीलाई भेट्छन् । तर, मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट यस्तो वक्तव्य प्रकाशित भयो जसमा ‘सरकारसँग जोडदार माग गर्दछौं’ भन्ने वक्तव्यको पहिलो नम्बरमै स्वयं प्रधानममन्त्री पुष्पकमल दाहालको हस्ताक्षर छ । अर्थात् प्रधानमन्त्री आफैंले दाहालले सरकारसँग माग गरेका छन् ।

बालुवाटारमा मंगलबार बिहान नेकपा माओवादी केन्द्र र माओवादीका अन्य घटकहरुको बैठक बसेको थियो । बैठकले शान्तिप्रक्रियालाई छिटो टुंगो लगाउन सरकारसँग माग गरेको छ । स्वयं प्रधानमन्त्री दाहालकै नेतृत्वमा बसेको बैठकपछि जारी विज्ञतिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दर्छौं ।’

त्यसो त बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै उपाध्यक्ष कृष्णबहादुर महरालगायत अन्य नेताहरु पनि थिए । तर, सरकारसँग जोडदार माग गरिएको विज्ञप्तिको पहिलो नम्बरमा दाहाल आफैंले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका दाहालले गरेको हस्ताक्षरमा प्रधानमन्त्री पदसमेत उल्लेख गरिएको छ ।

प्रधानमन्त्री स्वयंले सरकारसँग माग गरेको विज्ञप्तिलाई लिएर सामाजिक सञ्जालमा व्याङ्ग्य सुरु भएको छ । 

प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भने वक्तव्यमा पार्टी अध्यक्षका हैसियतले हस्ताक्षर गरिएको बताउँछन् । कान्तिपुर टेलिभिजनसँग गजुरेलले भने, ‘प्रधानमन्त्रीका रुपमा भन्दा पनि पार्टी अध्यक्षको हैसियतले उहाँले हस्ताक्षर गर्नुभएको हो ।’Maobadi 1678176291