
आज बसेको राष्ट्रिय सभा बैठकमा सभा सांसद रामनारायण बिडारीले देशको सीमाको विषयमा सबैको राष्ट्रिय एकता र सहमति आवश्यक रहेको बताएका छन्। उनले आफूलाई बल्ल नेपालमा गणतन्त्र आएको अनुभूति भएको थपे ।
‘अतिक्रमित भूमि आफ्नो नक्सामा समावेश गर्न पनि यो देशमा गणतन्त्र आवश्यक रहेछ । गणतन्त्र नआएर भएन । गणतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ’, उनले भने ।
‘विगतका सरकारले अतिक्रमित भूमि फिर्ताका लागि गफ गरेर होलान्, कुरा गरे होलान् तर ओली नेतृत्वको वर्तमान सरकारले मात्रै यो काम गर्न सकेकोले अहिले मलाई देशमा गणतन्त्र आएछ भन्ने गज्जबकाे अनुभूति प्राप्त भयो’, विडारीले भने ।
उनले १८१४ देखि १८१६ सम्म हाम्रा पुर्खाहरुले अग्रेज साम्राज्यवादीहरुसँग लडेर ल्याएको भूभाग राजतन्त्रमा गुमेको टिप्पणी गरे । ‘राजतन्त्र र उसका मतियारहरुले विगतमा जे गरे अहिले भन्न काम छैन । ३२ सालमा म ८-१० कक्षा पढ्दा सम्म चुच्चे नक्सा बनाएकै हो, ३२ साल पछि भाँचेकै हो’, उनले भने ।
विडारीले थपे “भारतिय शासकका पे-रोलमा बसेका बहेक अरु कसैले यसको विरोध गर्दैनन्” ।
“केहि केहि पे-रोलवालाले के भने, भने त्यो भुमी फिर्ता ल्याए भने म चाँही बूट पलिस गर्चु” भन्दै काँग्रेस नेता अमरेस कुमार सिंह को अन्तर्वार्ता माथी कटाक्ष गरे ।
उनले अब त्यस्ता व्यक्तिलाई सीमामा पालेको जागिर दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘ती मान्छेहरुको काम त बुट पोलिसै गर्ने हो, अहिले मोदीको गरिरहेका छन् भोलि ओलीको गर्छन्’, विडारीले भने, ‘भूमि फिर्ता आउँछ, ल्याइन्छ, गरिन्छ, जमिन फिर्ता आएपछि ती मानिसहरुलाई बुट पोलिस गर्ने होइन, सीमामा पालेको जागिर दिन प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’