
आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध खेलिरहेको नेपाललाई चौथो झड्का लागेको छ । चौथो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेल ५० रन बनाएर आउट भए ।
३७ रनमा ३ विकेट गुमाएर धर्मराएको पारी कुशल र भीम सार्कीले सम्हालेका थिए । यी दुई ब्याटरबीच ६१ रनको अर्धसतकीय साझेदारी पनि भएको थियो । अब नेपाल समस्यामा परेको छ । भीमलाई साथ दिन आरिफ शेख क्रिजमा गएका छन् ।
यसअघि नेपालमा कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० बनायो । उसका लागि आसिफ खानले सतकीय पारी खेल्दै १०१ रनमा अविजित रहे । यस्तै वृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई,सोमपाल कामी , ललित राजवंशी, सन्दीप लामिछानेले एक एक विकेट हात पारे ।
त्रिवि मैदानमा ओडिआईमा बनेको यो उच्च स्कोर हो ।
करण केसीलाई बेन्चमा राखेर गुल्शन झालाई खेलाईएको छ ।
नेपाल, युएई र पुवा न्युगिनी पीएनजीसम्मिलत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अहिलेसम्म ३ खेलमा जित निकालेको छ भने समग्रमा पछिल्ला ११ खेलमा १० जित निकालेको छ ।
नेपाल आज पनि युएईविरुद्ध जित निकाल्दै सिरिज क्लिनस्वीप गर्ने लक्ष्यमा रहने छ ।
आज युएईलाई पराजित गर्दै स्पष्ट २ अंक लिँदै आईसीसी विश्वकप लिग टूमा सहभागी सात टिम मध्य तेस्रो स्थानमा रहँदै जिम्बाबेमा विश्वकप छनोट खेल्न जाने छ ।
आज युएईसँग पराजित भएमा भने नेपाल नामेवियामा हुने प्ले अफ खेल्नु पर्ने छ । प्लेअफका शीर्ष २ टिमले जिम्बाबेमा विश्वकप छनोट खेल्ने छन् ।