
हाल देशभर आंशिकदेखि सामान्य बदली भइ वाग्मती, मधेस र कोशी प्रदेशका केही भू-भागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
भोलि (सोमबार) पनि देशको पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मंगलबार दिउँसो भने देशभरको मौसममा पूर्ण बदली रहने छ। पहाडी भू-भागका धेरै स्थान तथा तराई भेगका केही स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षा हुनेछ । राति पनि देशभरको मौसममा पूर्ण बदली भइ वर्षाको सम्भावना छ ।