
पछिल्लो २४ घण्टामा ३७५ पुरुष र ५० जना महिला गरेर ४२५ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ जसमा ५३२४ पुरुष र ४३६ महिला रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् ।
यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।