१५ बैशाख २०८२, सोमबार

लिङदेनले प्रधानमन्त्रीलाई भने, ‘गाडी फेरिरहने ड्राइभरलाई हाइड्रोजन गाडी दिए, स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु भने’

Rajendra Lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको धारणा राखेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको जनाए । उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने दाबी गरे । उनले हाइड्रोजन गाडी दिँदादिँदै प्रधानमन्त्री थोत्रोको गाडीमा फर्किएको तर्क गरे ।

‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौं । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो,’ अध्यक्ष लिङ्देनले भने, ‘त्यसपछि हामी सरकारमा बसिरहन सकेनौं । समर्थन फिर्ता लियौं । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौं । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राप्रपाले पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत नदिने पनि जनाए ।

    सम्बन्धित समाचार...