
पछिल्लो २४ घण्टामा ४ सय १६ पुरुष र ३५ जना महिला गरेर ४ सय ५१ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ६,२११ पुगेकाे छ जसमा ५७४० पुरुष र ४७२ महिला रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् जसमा ७ जना महिला र ६० जना पुरुष रहेका छन् | निको भएर घर फर्किनेमध्ये पुरुष ९३७ जना र महिला १०४ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।