
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आज बस्ने सो बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने जनाइएको छ ।
आज (शुक्रबार) बाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाशसँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका दाबेदार छन् ।
आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिस्पर्धा छ ।