
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ।
आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
हाल देशमा स्थानीय वायु्सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ।
महाशाखाकाअनुसार भोलि (मंगलबार) पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
बुधबार पहाडी भू-भागमा आंशिक बदली भइ एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
रातीː सुदुर पश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।