
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रर्दशन गरिएको छ ।
संविधान र कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।
आफूहरुलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले उल्लेख गरे । उनले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःसर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।
