
आंशिकदेखि सामान्य बदली भइ आज पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षा हुने छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि (बिहीबार) दिउँसोː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि
सामान्य बदली रहने छ । साथै पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुनेछ ।
राति देशका पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित वर्षाको सम्भावना छ ।