
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोहोर्याएर विश्वासको मत लिनुपर्ने भएको हो । उनलाई पहिले एमाले, राप्रपा, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
अहिले केन्द्रमा नयाँ समीकरण बन्दा पनि कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । तर यसपालि विश्वासको मत दिने कि नदिने भन्नेमा सरकारमा रहेको दल एमाले र सत्तामा जाने तयारीमा रहेको काङ्ग्रेस अझै अनिर्णीत छन् ।