
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातसमेत हुनेछ ।
राति पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
भोलि (आइतबार) दिउँसोː कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन /चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सोमबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षा हुनेछ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।