८ बैशाख २०८२, सोमबार

मन्त्रिपरिषद विस्तार गर्नै सकस कर्णालीका मुख्यमन्त्रीलाई

rajkumar sharma karnali

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत पाएका छन् । दुई ठूला दलहरु कांग्रेस र एमालेसँगै एकीकृत समाजवादीले दिएको विश्वासको मत पाएर माओवादी केन्द्रबाट मुख्यमन्त्री पाएका शर्माले पद जोगाएका हुन् । राष्ट्रिय राजनीतिमा बदलिएको समीकरण र प्रदेशको राजनीतिक अवस्थाले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका दलहरुलाई सरकारमा सहभागी बनाउन कठिन हुने देखिएको छ ।

शर्माले प्रदेश सभाबाट दुई तिहाई बढी ३८ मत ल्याएर दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका १४ जना सांसदले उनको पक्षमा मतदान गरेपछि उनी बलिया मुख्यमन्त्री बनेका त छन् । तर कांग्रेसलाई सरकारमा ल्याउने हो भने एमालेलाई हटाउनुपर्ने देखिएकाले उनको संकट भने गहिरिादो छ । केन्द्रमा सत्ता छोडिसकेको एमालेले बागमतीमा पनि समर्थन फिर्ता लिादै बाहिरिएको थियो तर माओवादी नेतृत्वको कर्णाली सरकारलाई भने समर्थन कायमै राख्यो ।

मुख्यमन्त्री शर्माले विश्वासको मत पाए पनि प्रदेश सभाका दुई ठूला दलको अन्तरद्वन्द्वलाई मिलाएर सरकारमा सहभागी बनाउन चुनौती छ । एमाले पहिल्यै सरकारमा रहेकाले अब कांग्रेसलाई पनि सरकारमा सहभागी बनाउन छलफल गर्ने रणनीति माओवादी केन्द्रले लिएको छ । विश्वासको मत दिएका सबै दल सरकारमा सहभागी हुने वातावरण नबन्ने हो भने एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउनसक्ने माओवादी केन्द्रका मन्त्रीको भनाइ छ ।

कांग्रेस पनि सरकारमा आयो भने तीन ठूला दलबीच दुई/दुई मन्त्रलाय भाग लगाउने योजना माओवादी केन्द्रको छ । तर त्यसमा कांग्रेस र एमाले सहमत हुने सम्भावना न्यून देखिन्छ । मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने अर्को रणनीति पनि लिएका छन् । यसो गरेमा असन्तुष्ट भएर एमालेले सरकार छोड्यो भने सजिलो हुने बुझाइ उनको छ ।

    सम्बन्धित समाचार...