८ बैशाख २०८२, सोमबार

को–पाइलटलाई पाखाला लागेपछि नेपाल वायुसेवा निगमको उडान रद्द, काठमाडौं र दुबईमा यात्रु अलपत्र

nepalairlines a320 airbus
फाइल फोटो

यसै साता जगेडा टायरको प्रबन्ध गर्न नसकेर ३६ घण्टा दिल्लीमै रोकिएको नेपाल वायुसेवा निगमको जहाज जगेडा पाईलटको व्यवस्था गर्न नसक्दा थप दुई उडान रोकिएका छन् ।

विमानको को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि शनिबार राती दुवई उड्न लागेको नेपाल वायुसेवा निगमको उडान रद्द भएको छ । को–पाइलटलाई पेट दुखेर पखाला लागेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा ५ सय ४३ यात्रु अलपत्र परेका हुन् ।

उडान नम्बर–आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ । सोहि उडानमार्फत दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौं आउने उडान पनि रद्द हुँदा उक्त उडानका यात्रुलाई समेत निगमकै खर्चमा होटलमा राखिएको छ ।

    सम्बन्धित समाचार...