९ बैशाख २०८२, मंगलवार

तोलामा ६ सय रुपैयाँ घट्यो सुनको मूल्य

gold silver

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी तथा व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार प्रतितोला एक लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ थियो ।

    सम्बन्धित समाचार...