८ बैशाख २०८२, सोमबार

अडियो प्रकरणमा कठोर निर्णय गर्न रास्वपा बैठक बस्दै, कोर टिम पर्दाफास गर्ने श्रेष्ठको चेतावनी

dhaka16810270001681029636

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय समिति बैठक बस्दैछ । सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपाले बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक राखेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइँसग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएवपछि सांसद श्रेष्ठसंग रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलबार बयान लिएरको थियो । सांसद श्रेष्ठसँगको बयानपछिअनुशासनले छानविन प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाइसकेको छ ।

आज बस्ने रास्वपा केन्द्रीय समिति बैठकले अनुशासन तथा आचरण समितिको प्रतिवेदनको आधारमा सांसद श्रेष्ठबारे निर्णय गर्नेछ । अनुशासन समितिका एक सदस्यका अनुसार सांसद श्रेष्ठलाई रास्वपाको केन्द्रीय समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्ने सम्भावना छ ।

सांसद श्रेष्ठको अडियो प्रकरणले अहिले रास्वपाको नेतृत्वप्रति नै सर्वत्र आलोचना र अनेक खालका टिकाटिप्पणी भइरहेका छन् । अडियो सांसद श्रेष्ठले २ करोड पार्टीको कोर टिमलाई बुझाउने भन्नेपछि रास्वपा नेतृत्वमाथि प्रहार हुन थालेको हो ।

उपनिर्वाचनको पूर्व सन्ध्यामा पार्टी नेतृत्वमाथि नै प्रहार हुन थालेपछि सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमा दोषीलाई त्यसै नछोड्ने दृढता व्यक्त गर्नुभएको छ । सभापति लामिछाने यसरी प्रकरणलाई लिएर केही दिनअघि दोषीलाई कारबाही गर्न नसके आफूलाई गढिमाईको मेला बलिदिए हुन्छ भन्दै उत्तेजक अभिव्यक्ति समेत दिनुभएको थियो । लामिछानेको यो अभिव्यक्तिपछि रास्वपाको आज बस्ने केन्द्रीय समिति बैठकले सांसद श्रेष्ठलाई पार्टीबाट हटाउन सक्ने बिश्लेषकहरुको अनुमान छ ।

तर सांसद श्रेष्ठले भने अडियोको स्वर आफ्नो नभएको भन्दै प्रकरणमा निर्दोष सावित गर्न खोज्नु भएको छ । श्रेष्ठले अडियो प्रकरणमा रास्वपाद नेतृत्वलाई आफूमाथि कारबाही भए कोर टिमबारे पर्दाफास गर्ने चेतावनी समेत दिइरहनुभएको स्रोतको भनाई छ । अडियो प्रकरणले राजनीतिक वृतमा अहिले रास्वपामाथि भइरहेको प्रहार तथा आलोचना र सांसद श्रेष्ठ

    सम्बन्धित समाचार...