
फिल्म ‘छक्का पन्जा ४’ले रिलिजको डेढ महिनामा करिब १७ करोड ग्रस कलेक्शन गरेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ । विकास बोर्डले बर्षभरि रिलिज भएका स्वदेशी तथा विदेशी फिल्मको बक्स अफिस आँकडा सार्वजनिक गरेको हो । बक्स अफिस आँकडामा ‘छक्का पन्जा ४’को व्यापार करिब १७ करोड नजिक छ ।
तर, यो कुरामा यसका निर्माता तथा कलाकार दीपकराज गिरीलाई चित्त वुझेको छैन । बक्स अफिस सर्भरमा कलेक्शन भएको रिपोर्ट विकास बोर्डले सार्वजनिक गरेको हो । तर, दीपकराज गिरीले भने विकास बोर्डले आफूहरुको फिल्मको गलत रिपोर्ट सार्वजनिक गरेको उल्लेख गरेका छन् ।
उनले विकास बोर्ड अध्यक्षमाथि तल्लो स्तरको भाषा प्रयोग गर्दै लेखेका छन्–‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा ।’
बोर्डका हिजो सार्वजनिक गरेको बिवरणमा यो वर्ष सबैभन्दा बढि कमाईगर्ने चलचित्र ‘कबड्डी ४’ रहेको छ भने दोस्रो स्थानमा भारतीय चलचित्र ‘केजीएफ २’ रहेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ तेस्रो स्थानमा रहेपछि गिरीले आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ ।