
एक सार्वजनिक कार्यक्रम सहभागी जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी ‘स्मोक बम’ प्रहार गरिएको छ ।
प्रधानमन्त्री किशिदालाई घटनास्थलबाट सकुशल उद्धार गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार बिहान जापानको पश्चिमी सहर वाकायामामा उक्त घटना भएको हो ।
प्रधानमन्त्री किशिदाले उक्त सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुरु गरेलगत्तै उनलाई लक्षित गरेर एउटा वस्तु फालिएको थियो । लगत्तै ठूलो विष्फोटको आवाज सुनिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सदिग्ध व्यक्तिले धुवाँको मुस्लो छाड्ने बम प्रहार गरेको जनाइएको छ । जापानको एनएचके टेलिभिजनले सार्वजनि गरेको दृष्यमा मानिसहरु भागदौड गरेको देखिएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
गत वर्ष जापानी प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा भाषण गरिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको थियो ।
