
पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । पञ्जाबले गएराति लखनउ सुपर जायन्ट्समाथि २ विकेटको जित हात पार्यो ।
लखनउमा पञ्जाबले टस जितेर लखनउलाई ब्याटिङको निम्तो दिएको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा १ सस ५९ रन बनाउन ८ विकेट खर्चियो । कप्तान तथा ओनर केएल राहुलले ७४ रनको सानदार इनिङ्स खेले । ५६ बल सामना गरेका उनले १ छक्का र ८ चौका हिर्काए । कायल मार्सले २९ रन जोडे । पहिलो विकेटका लागि मार्स र राहुलले ५३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम सम्हालिन नसक्दा लखनउले मध्यम योगफल बनाएको हो । साम कुरनले ३ विकेट हात पारे ।
१ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबले निकै खराब सुरुवात गर्यो । अर्थव टाइड शून्य र प्रवसिमरनसिंह ३ रनमै आउट भए । म्याथु सर्ट ३४ र हरप्रितसिंह २२ रन बनाउँदा पेभेलियन फर्किए । साम कुरन र जितेस शर्मासमेत आउट भएपछि धर्मराएको पञ्जाबको पारी सिकन्दर राजाले सम्हाले । राजाले ४१ बलमा ५७ रन बनाउँदै टिमलाई जितको बाटो देखाए । साहरुख खानले १० बलमा २३ रनको अविजित पारी खेले । युधविरसिंह र मार्क वुडले दुई – दुई विकेट हात पारे ।
जितसँगै पञ्जाबले ५ खेलमा ६ अंक बनायो । समान ५ खेलमा ६ अंकनै रहेको लखनउ नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ ।